९ जेठ,बुटवल ।
नेपालमा पहिलोपटक सांसदमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड रहेका छन् ।
प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ ।पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ।






