मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दा,भारतीय मिडियाले लखेटे

७ जेठ,काठमाण्डौ ।
बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई ट्वीट गरी नक्सा प्रति समर्थन जनाउदा अहिले उनलाई भारत बाट देश निकाला गर्नु पर्ने सम्मकै बिरोध सुरु भएको छ ।नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध खनिन थालेका छन् । मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।उनले लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’यस विषयमा भारतका साना देखि ठुला मिडियाहरुले त्यसको प्रतिरोध गरिरहेका छन् ।कतिपय मिडियाहरु त चीनको इशारामा मनिषाले उक्त ट्वीट गरेको दाबी गरेको आरोप लगाउँछन् । मनिषाको उक्त भनाइपछि सञ्चार माध्यम मात्र होइन सामाजिक सञ्जालमा समेत जाइलागेका छन् । यद्पी नेपालीहरु भने मनिषाकै पक्षमा उभिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।