३० बैशाख,काठमाण्डौ ।
नेपाली भुमी लिपुलेकमा भारतले बनाएको सडकको बषियमा यतिबेला राजधानी स्थीत भारतीय दुताबास अगाडी दैनिक रुपमा बिरोध कार्यक्रम भैइरहेका छन् । मंगलबारको बिरोध कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडी पक्राउ परेका छन् ।बिरोध गर्न पुगेका अधिकारकर्मी उत्तम पुडासैनी लगायत अरु एक दर्जन अधिकारकर्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिस्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिए ।






