भारतीय अतिक्रमण विरुद्द काठमाण्डौमा प्रदर्शन

२९ बैशाख,काठमाण्डौ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै तीब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा निस्किएका ३० जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लकडाउनको उल्लंघन गर्दै सोमबार दिउँसोसीमा रक्षा अभियानका अभियन्ता तथा विद्यार्थीहरुले विरोध गर्दै निस्किएपछि नियन्त्रणमा लिइएको जानकारी गराइएको छ ।लकडाउनको समयमा पाँच जना भन्दा बढी जम्मा हुन नपाइने भएकाले हुल नै निस्किएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएकाहरुलाई पुलिस क्लबमा राखिएको जानकारी गराइएको छ ।विरोध प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।