अमेरिकन आइडलको टप ७ मा दिवेश ‘आरर्थर गन’

२९ बैशाख,काठमाण्डौ ।
विश्वभर चर्चित रहेको रियालीटि शो अमेरिकन आईडलको नयाँ संस्करणको उत्कृष्ट ७ मा नेपाली युबा दिवेश पोख्रेल अर्थात् ‘आर्थर गन’ पुगेका छन् । ग्राण्ड फिनालेमा पुग्न उनलाई एक चरण पार गर्नुपर्नेछ ।अहिले सम्म प्राप्त भोटका आधारमा उनी उत्कृष्ट ७ मा स्थानमा पुग्न सफल भएका हुन् । उत्कृष्ट ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाएका थिए ।अमेरिकामा ‘मदर्स डे’ मनाइँदै छ । यसै सन्दर्भमा टप फाइभका लागि प्रस्तुतिपछि अर्को चरणमा सातै जनाले आफ्नो आमालाई सामुन्ने राखेर गीत गाएका थिए । दिवेशले बोन इभरको ‘हे मा’ बोलको गीत आमालाई सुनाएका थिए । गीतपछि आमाले उनलाई अंकमाल गरेकी थिइन् ।

अघिल्लो एपिसोड जस्तै यसपटक पनि प्रतियोगीहरुले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका थिए ।आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।