चिनियाँ नागरिकले गरे र नेपाल प्रहरीमाथि हातपात

२६ बैशाख,काठमाण्डौ ।
काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो ।सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रदर्शन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत सहित केही चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुले भिषा थप गरिदिनु कि आफूहरु मुलुक फर्कन पाउनुपर्ने माग राखेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।