२९ अप्रिल,एजेन्सी ।
बलिउड अभिनेता इरफान खानको निधनले यतिबेला बलिउड लगायत बिश्वभर उनका शुभचिन्तकहरु शोकमा डुबेका छन् । उनको निधन संग उनको आमाको निधन पनि जोडिन आएको छ । इरफानको निधन भन्दा ४ दिन पहिले आमाको निधन भएको समेत खुल्नमा आएको छ । अभिनेता इमररान खानको बुधबार ५३ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
आमाको ९५ वर्षको उमेरमा निधन भयो भने उनको ५४ बर्षको उमेर निधन भएको खबरले बलिउड शोखमा परेको छ ।अभिनेता इरफान खान आमाको अन्तिम संस्कारमा उपस्थिति हुन नपाएपछि निरास भएका थिए । उनलाई स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मुम्बईको रकोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरएका उनलाई केहि बर्ष पहिला क्यान्सर भएको पत्ता लागेपछि लण्डनमा उपचार गराइरहेका थिए । खानको हालै स्वास्थ गडबड भएपछि आइसियूमा भर्ना गरएको थियो ।







