कैलालीमा तेल हाल्न यस्तो भीडभाड,कतै लकडाउन तोडेको त होईन ?

१५ बैशाख,धनगढी ।
नेपालमा कोरोनाभाइरसकै कारण तेस्रो पटक लकडाउनको मिति सारिएको छ । दोस्रो पटक सारिएको लकडाउनको मिति आज सम्म रहे पनि हिजै सरकारले आगामी बैशाख २५ सम्मको लागि लकडाउन लम्बाईएको छ ।देशभर महिना दिन देखि लडाउन हुनाले आम सर्बसाधारणमा प्रतिकुल असर परिरहेका बेला कैलालीको धनगढीस्थित एक पेट्रोल पम्पमा भने लकडाउन तोडेर सामान्य समयमा झै भीडभाड लागेको छ । सोमबार पम्पमा भौतिक दूरी कायम नगरी मोटरसाइकलमा पेट्रोले भर्नेहरू बिहानैदेखि लाम लागेका थिए ।भजनी नगरपालिका १ मा रहेको जियालाल आचार्यले संचालन गरेको जयलक्ष्मी पेट्रोल पम्पमा सयौंको संख्यामा मोटरसाइकल, ट्याक्टर र सुरक्षाकर्मीको गाडीमा पेट्रोल र डिजेल भर्नेको भीड थियो । इलाका प्रहरी कार्यालय भजनीका प्रमुख निरिक्षक जनक धामीले प्रहरीले लाइन मिलाएर पेट्रोल भर्ने व्यवस्था मिलाएको बताए ।

बिरामी तथा अत्यावश्यक कामका लागि र सुरक्षाकर्मीहरुलाई मात्रै तेल भर्न दिइएको धामीले बताएका छन् । तर, त्यहा देखिएको सयौंको संख्यामा तेल भर्नेको भिडले भने त्यस्तो देखाउँदैन । लम्की, टीकापुरको पेट्रोल पम्पमा पनि त्यत्तिकै भीड छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।