१३ बैशाख,काठमाडौं ।
नेपालमा तोकिएको लकडाउन सोमबार सकिदैछ । लकडाउन सकिदै गर्दा छिमेकी मुलुक भारतमा कोरोनाको जोखीम उच्च रहेको कारण नेपालमा समेत अझै एक साता लक डाउन लम्ब्याउनुपर्ने राय कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले दिएको छ ।
समितीले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिनुका साथै एक सातापछि अर्को मोडलमा जान सकिने बताएको छ । त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।






