किम जोनको अबसथा नाजुक पछि अमेरिकाको कर्केनजर

२३ अप्रिल,एजेन्सी ।
दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेता किम जोन उनको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ ।
नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अमेरिकी अधिकारीले सीएनएनलाई जानकारी दिएका छन् ।अचानक गर्नु परेको शल्यक्रियाका कारण उनको स्वास्थ्य बिग्रिएको दाबी दक्षिण कोरियाका अधिकारी र अमेरिकी गुप्तचर अधिकारीलाई उदृत गर्दै सिएनएनले गरेको छ ।दुई कोरियाको मामिला हेर्ने युनिफिकेसन मन्त्रालयले सिएनएनले प्रकाशित गरेको समाचारबारे कुनै प्रतिक्रिया जनाएको छैन । केही सन्चार माध्यमले उत्तर कोरियाको राजधानी प्योङयाङमा किम जोन उनको मुटुको शल्यक्रिया भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन् ।

उत्तर कोरियाका संस्थापक नेता किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने विदामा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो । किम सङ, किम जोन उनका हजुरबुबा हुन् । अप्रिल १५ तारिख उत्तर कोरियामा विषेश दिन मानिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।