२३ अप्रिल,एजेन्सी ।
दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेता किम जोन उनको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ ।
नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अमेरिकी अधिकारीले सीएनएनलाई जानकारी दिएका छन् ।
अचानक गर्नु परेको शल्यक्रियाका कारण उनको स्वास्थ्य बिग्रिएको दाबी दक्षिण कोरियाका अधिकारी र अमेरिकी गुप्तचर अधिकारीलाई उदृत गर्दै सिएनएनले गरेको छ ।दुई कोरियाको मामिला हेर्ने युनिफिकेसन मन्त्रालयले सिएनएनले प्रकाशित गरेको समाचारबारे कुनै प्रतिक्रिया जनाएको छैन । केही सन्चार माध्यमले उत्तर कोरियाको राजधानी प्योङयाङमा किम जोन उनको मुटुको शल्यक्रिया भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन् ।
उत्तर कोरियाका संस्थापक नेता किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने विदामा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो । किम सङ, किम जोन उनका हजुरबुबा हुन् । अप्रिल १५ तारिख उत्तर कोरियामा विषेश दिन मानिन्छ ।








