८ वैशाख,काठमाडौं ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । तर अव संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी प्रस्तावमाथि छलफल भएको हो ।
यस्तै बैठकले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ । ती सुरक्षाकर्मी कटौती गरेर लकडाउन सम्बन्धी सुरक्षामा खटाउने सरकारको निर्णय भएको छ ।







