बैशाख २२ गतेसम्म लकडाउन हुने संकेत

७ बैशाख,काठमाडौँ ।
नेपालमा कोरोनाभाइरस फैलिने क्रमलाई मध्यनजर गर्दै सरकारले फेरीलकडाउनको मिति थप्ने संकेत देखाएको छ । बैशाख १५ सम्मको लकडाउनमा एक साता थपेर २२ गते सम्म धकेल्ने तयारी सरकारले गरिरहेको छ ।यस्तै प्रधानमन्त्रीले सरकारी संचारमाध्यमका सम्पादकहरु संग गर्नुभएको सामुहिक अन्तर्बाताका क्रममा समेत पटक पटक लकडाउन नै कोरोना फैलन नदिने एक उचित उपाय भएको बताउनु भएको छ ।यस्तै छिमेकी देश भारतमा कोरोनाभाइरसले उग्र रुप लिएका बेला नेपालमा समेत भाबि हुन सक्ने सम्भावित दुर्घटनालाई मध्येनजर गर्दै लकडाउनको मिति थप्ने तयारी भईरहेको बुझ्नमा आएको छ ।
सामुहिक अन्तर्बाताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप,अमेरिकाको उदाहरण दिनुहुदै ‘खाल्डोमा बाकस हाल्नु भन्दा हाल्न नदिनका लागि एक दुई साता सकस सहेकै उत्तम’भन्ने किसमको अभिब्यक्ती समेत दिनु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।