नेपालका मुस्लिमलाई बदनाम हुनबाट जोगाऔ : मौलाना

७ बैशाख,काठमाण्डौ ।
नेपालमा पछिल्लो समयमा कोरोनाभाइरस फैलनुमा तराईका मस्जिदमा लुकेर बसेका भारतीयहरु नै हुन् । भारतीय मुस्लिम धर्म गुरु र मुस्लिमहरुका कारण अहिले नेपालका मुस्लिम समुदायकै बदनाम हुन थालेको भन्दै नेपाली मुस्लिम समुदाय चिन्तित बनेको छ । यसै बिच इस्लाम धर्मगुरुले मस्जिद वा मर्दशामा लुकेर बसेका जमातीलाई सर्वजनिक भएर स्वास्थ्य परीक्षण गर्न अपिल गरेका छन् ।नेपालगञ्जका धर्मगुरु एवं नागरिक समाजका अगुवा मौलाना जब्बार मञ्जरीले मुस्लिम समूदायका विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका सबै जमातीलाई सार्वजनिक भएर कोरोनाभाइरसको परीक्षण गर्न गराउन आग्रह गरेका हुन् ।उनले नेपालका मस्जिदमा लुकेर बसेका जमातीहरुलाई सार्वजनिक भएर कोरोना परीक्षण गराउन र नेपालका मुस्लिम समूदायलाई बदान नगराउन समेत अपिल गरेका हुन् ।विभिन्न धार्मिक कार्यक्रममा गएर नेपालमा कोरोना जमातीहरुले फैलाइरहेका भन्ने समाचार प्रसारण भइरहेको भन्दै मुस्लिम धर्मगुरु मञ्जरीले भने–‘विभिन्न मस्जिद वा मर्दशामा लुकेर बस्नु भएका जमातीहरुलाई लुकेर नबस्नु । सार्वजनिक भएर कोरोना परीक्षण गराउनुस् ।’

गत शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–३ भल्के मस्जिदमा रहेका १६ जना मध्ये १२ जना र हिजो (शनिबार) फेरी एक जनामा कोरोन संक्रमा पुष्टि भएको थियो । सो विषयमा आफू गम्भीर भएको बताउँदै धर्मगुरु मञ्जरीले भने–‘तपाईहरु जहाँ भएपनि आफैँ बाहिर आउनुस् । लुकेर नबस्नुस् । तपाईहरुको कारणले पूरै मुस्लिम समूदायको बदनाम हुन्छ ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।