२ जना भुटानी नागरिक लिन बिमान चार्टड

६ बैशाख,काठमाडौँ।
कोरोनाभाइरस (कोभिड१९) को नियन्त्रण र फैलिन नदिनका लागि नेपाल सरकारले चैत्र ११ गते देखि नेपाल लकडाउनको घोषणा गरेपछि बिभिन्न देशका नागरीकरहरु लकडाउनमा फसेका छन् । अमेरिका,अष्ट्रेलिया र क्यानडाले आफ्ना नागरीकलाई बिमान चार्ड गरी पठाईरहेको छ । अष्ट्रेलियाले दुई पटक आफ्ना नागरीकलाई बिमान चार्टड गरी अष्ट्रेलिया पठायो भने अमेरिका र क्यानडाले एक-एक पटक आफ्ना नागरीकलाई पठाईसकेको छ । अन्य केहि देशहरुले पनि आफ्ना नागरीक लगिसकेको छ ।

यसैबिच भुटानले नेपालमा फसेका आफ्ना दुई जना नागरीक राज्यकै खर्चमा बिमान चार्टड गरी शनिबार सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर मार्फत् पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई भुटान लगेको छ । भुटानको यस किसिमको कामको अहिले चौतर्फि चर्चाको बिषय बनेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।