चितवन कोरोना संक्रमितले खसी काटेर भोज गरेका थिए

६ बैशाख,चितवन ।
चितवनको राप्ती नगरपालिकामा वार्ड नम्बर ८ ब्रम्हनगरका स्थायीबासी एक परिवारका आमा छोरामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण शुक्रबार राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरिसकेको छ । यो सहित शुक्रबार उदयपुरको मस्जिदमा लुकेर बसेका १२ भारतीय नागरिक गरी कुल १४ नयाँ संक्रमित पुष्टी भएको हो ।चितवनको कोरोना संक्रमित आमा छोरा गत चैत्र ३ गते बेलायत बाट नेपाल आएका हुन् ।आमाले ब्रम्हनगर टोल-छरछिमेकमा चक्लेट बाँड्नुका साथै घरमा खसी काटेर भोज गरेको समेत चितवन स्थित गोप्य स्रोतले बताएको छ ।नेपाल आएको महिना दिन पछि मात्रै कोरोना देखिएको हुनाले यो लामो अबधिमा धेरैमा कोरोना संक्रमण फैइलिएको हुन सक्ने भन्दै आज बिहान वडा कार्यालयमा सर्बदलिय बैठकबसी कार्यदल बनेको समेत स्रोत बताउछ ।

राप्ती नगरपालिकाकी मेयर प्रभा बरालका अनुसार चक्लेट खानेलाई समेत आजै देखी नजिकैको स्कुलमा क्वारेन्टाईनमा राखिने ब्यबस्था गरिएको छ । वडाध्यक्ष बुद्धिराज थपलियाले बेलायतबाट ल्याएको चकलेट बाँडेको र त्यो चकलेट खानेहरुलाई पनि निगरानीमा राख्नुपर्ने अवस्था आएको बताएका छन् । कोरोना संक्रमित आमा छोराको भरतपुर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।