५ वैशाख,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड-१९)का कारण लामो समय देखि नेपालमा लकडाउन चल्दै गर्दा दैनिक ज्याला र मजदुरी गरेर खाने श्रमजिबवी बर्ग सर्बाधिक मारमा परेका छन् । उनीहरु बिभिन्न ठाउँबाट रोजगारीका लागि काठमाण्डौ रहेका बेला अहिले घर फर्कने क्रममा छन्। तत्कालै लकडाउन नखुल्ने र राजधानीमा खानबस्न र घर भाडा तिर्न सकस परेपछि अधिकांस श्रमजिविहरु धमाधम हिडेरै गाँउ फर्कन थालेका छन् ।
पछिल्ला केहि दिन देखी पैदल हुदै गाँउ जानेहरुको संख्या बृदि भए संगै सरकारको चौतर्फि आलोचना समेत भईरहेको छ । घर जानकै लागि एक हजार किलोमिटर भन्दा बढी दुरी समेत तय गरेका छन् । बिभिन्न जिल्लाहरुला पैदलयात्रीका लागि सामुदायिक संस्थाले खाजाको ब्यबस्था समेत गरेका छन् । यसैबिच सरकारले त्यस किसिमको पैदलयात्रीहरुलाई घर सम्म जान सकिने ब्यबस्था मिलाउनुपर्ने चर्को आवाज उठेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दुरीमा हिडेर घर जानेहरुलाई जान नदिन र जो जहाँ छ उसलाई त्यहीं बस्न निर्देशन दिने र खानाको समस्या परेकालाई सरकारले व्यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।






