२ वैशाख, काठमाडौं।
महामारीका रुपमा फैइलिएको कोरोनाभाईरस (कोभिड-१९) अहिले युरोप,अमेरिका र प्रशान्त राष्ट्रहरुमा कमी हुदै गरेको छ । तर,एशियाका देशहरुमा भने कोरोनाको संक्रमण बढ्दो क्रममा छ ।
यसैबिच नेपालमा कोरोना संक्रमित संख्या यो समचार तयार पार्दा सम्म १६ पुगेको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाले सताइरहेका कारण नेपालमा समेत संक्रमित संख्यामा बृद्दि भैईरहेको छ ।
आजै भारतले लकडाउनलाई मे ५ सम्म घोषणा गरेपछि नेपालमा समेत लकडाउनमा १२ दिन थप्दै बैशाख १५ सम्म पर्याईएको छ । यसअघी बैशाख ३ सम्म मात्र लकडाउन घोषणा गरिएको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी गराएका छन् ।कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै नेपालले चैत ११ देखि लकडाउन गरेको हो ।






