२७ चैत्र,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड-१९)को कारण नेपाल यतिबेला लकडाउनमा छ । सरकारले भाइरस नियन्त्रणका लागि लकडाउनमा थप कडाइ गर्दे कोरोना बिरुद्दको लडाईमा भईरहेकै बेला राहत बितरणका काम समेत भईरहेका छन् । सरकारले कोरोनाभाइरस नियन्त्रण तथा राहतका लागि कोष समेत खडा गरेर आर्थिक संकलन गरी राहत समेत बितरण भएका बेला नेपाल सरकारले प्रहरीहरुको तलब कट्टा गर्ने बिषयको सामाजिक संजालमा चर्को बिरोध भईरहेको छ ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) भन्दा माथिल्लो दर्जामा कार्यरतको तलब काटेर कोरोना नियन्त्रण कोषमा रकम जम्मा गरिने खबर सार्बजनिक लगत्तै बिरोध सुरु भएको हो । सामाजिक संजालमा मन्त्री,सचिबहरु लगायत सरकारी तहका उच्च पदाधिकारीहरुको तलब नकाटी जो स्वयम् कोरोनाको बिरुद्द फिल्डमा काम गर्न पर्ने प्रहरी कर्मचारीको तलब काट्टिनु गलत रहेको प्रतिकृया सामाजिक संजालमा आएका छन् । प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले अधिकृत तहका प्रहरीको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।
बुधबार पठाइएको पत्रमा वैशाख महिनाको तलबबाट कट्टा गरी सो रकम जम्मा गर्न भनिएको छ। सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि संगठनले भने तलब कट्टा गर्न पत्राचार गरेको हो।वैशाख महिनामा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) को ३/३ दिनको तलब काटिने छ। असईको २ हजार ६ सय ५८ रुपैयाँ र सईको २ हजार ८ सय २० रुपैयाँ कोषमा जम्मा हुनेछ।
यस्तै प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको ५ दिनको तलब काटिने छ। प्रहरी निरीक्षकको ६ हजार, प्रहरी नायव उपरीक्षकको ६ हजार ७ सय ३० र प्रहरी उपरीक्षकको ७ हजार २ सय ४५ रुपैयाँ कोरोना कोषमा जानेछ।प्रहरी वरिष्ठ उपरीक्षकदेखि आईजीपीसम्मको ७ दिनको तलव कोषमा जम्मा हुनेछ। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको ११ हजार ५३, प्रहरी नायव महानिरीक्षक डीआईजीको ११ हजार ९ सय र प्रहरी अतिरिक्त महानिरीक्षक तथा महानिरीक्षकको ७ दिनको तलब १४ हजार १ सय ६१ रुपैयाँका दरले कोषमा जम्मा हुनेछ।






