२३ चैत्र,काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९)को संक्रमित संख्या नेपालमा समेत बढ्दो छ । शनिबार एकै दिन ३ जनामा कोरोना पुष्टी भए संगै संक्रमित संख्या ९ पुगेको छ ।
चैत्र ४ मा कतारको दोहा हुदै कतार एयरवेजबाट आएका मध्ये ३ जनामा कोरोना पुष्टी भईसकेको छ । यस्तै चैत्र ७ गते दुबई बाट आएका धनगढीका एक युबा बाहेक बाँकी ५ जना कोरोना संक्रमित सबै भारतका बिभिन्न स्थानबाट आएका हुन् ।
नेपालमा लकडाउन सुरु भएपछि पनि भारतबाट एकैदिन करिब एक हजार एक सय गौरीफन्टा नाका बाट नेपाल प्रबेश गरेका थिए । त्यही गौरीफन्टा नाकाबाट नेपाल आएका २ जनामा शनिबार कोरोना पुष्टी भए पछि नेपालमा कोरोना भारतबाट पस्दैछ भन्ने निश्चित छ ।नेपालमा अहिले सम्म १ हजार ५ सय २१ जनाको परिक्षण गरिएको छ । जसमध्ये एक जना निको भएर घर फर्केका छन् । भने,बाकी ८ जना उपचारका क्रममा छन् । नेपालमा कोरोनाले थप सताउन सक्ने भन्दै सरकारले लकडाउनमा कडाई गर्नुका साथै एक प्रदेश या नगरपालिका बाट अर्को नगरपालिका या प्रदेशमा जान नपाईने नियम बनाएको छ ।






