एनटिभी ३ अगष्ट सिड्नी ।
गत साता स्नोई माउन्टेन हिँउ खेल्न जाने क्रममा कोमाको मोनोरा हाईबेमा भएको सडक दुर्घटनाका मृतकको शब नेपाल पठाईएको छ । दुर्घटनामा स्याङजाका समिक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको हो ।
उच्च शिक्षाका लागि करिब डेढ बर्ष अघि मात्रै अष्ट्रेलियाको सिड्नी आएका यि दुई बिध्यार्थीको शब अहिले १० बजे सिड्नी बिमानस्थल बाट काठमाण्डौ तर्फ मलेसियन एअरलाईन्स मार्फत् उड्दैछ ।
दुर्घटनामा तीन जना बिध्यार्थी समेत घाईते भएका थिए । तीनै जना करिब ४ दिन उपचार गरेर घर फर्किसकेका छन् । दुर्घटनाका बेला सवारी चालक सागर भट्टराई शुक्रबार सिड्नी बिमानस्थल बाट नेपाल फर्कन लाग्दा बिमान स्थल बाटै एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनाको अनुसन्धान चलिरहेका बेला उनी नेपाल फर्कन लाग्दा प्रहरीले केस अनुसन्धानमा नै रहेकाले अदालतमा प्रस्तुत नभई प्रस्थान नमिल्ने भन्दै पक्राउ गरेको बुझ्नमा आएको छ । तर उनलाई बिमानस्थल बाट पक्राउ गरेको खबर स्थानीय अंग्रेजी मिडियामा आए पनि नेपाली राजदुताबासलाई सोको जानकारी नभएको नेपाली टिभी संग राजदुताबासका कर्मचारी निर्मल भट्टराईले बताए ।
यो पनि पढ्नुहोस्:
सडक दुर्घटनाका चालक भट्टराई सिड्नीमा समातिए








