एनटिभी ३ अगष्ट सिड्नी ।
गत साता स्नोई माउन्टेन हिँउ खेल्न जाने क्रममा कोमाको मोनोरा हाईबेमा भएको सडक दुर्घटनाका मृतकको शब नेपाल पठाईएको छ । दुर्घटनामा स्याङजाका समिक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको हो ।उच्च शिक्षाका लागि करिब डेढ बर्ष अघि मात्रै अष्ट्रेलियाको सिड्नी आएका यि दुई बिध्यार्थीको शब अहिले १० बजे सिड्नी बिमानस्थल बाट काठमाण्डौ तर्फ मलेसियन एअरलाईन्स मार्फत् उड्दैछ ।
दुर्घटनामा तीन जना बिध्यार्थी समेत घाईते भएका थिए । तीनै जना करिब ४ दिन उपचार गरेर घर फर्किसकेका छन् । दुर्घटनाका बेला सवारी चालक सागर भट्टराई शुक्रबार सिड्नी बिमानस्थल बाट नेपाल फर्कन लाग्दा बिमान स्थल बाटै एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ ।दुर्घटनाको अनुसन्धान चलिरहेका बेला उनी नेपाल फर्कन लाग्दा प्रहरीले केस अनुसन्धानमा नै रहेकाले अदालतमा प्रस्तुत नभई प्रस्थान नमिल्ने भन्दै पक्राउ गरेको बुझ्नमा आएको छ । तर उनलाई बिमानस्थल बाट पक्राउ गरेको खबर स्थानीय अंग्रेजी मिडियामा आए पनि नेपाली राजदुताबासलाई सोको जानकारी नभएको नेपाली टिभी संग राजदुताबासका कर्मचारी निर्मल भट्टराईले बताए ।
यो पनि पढ्नुहोस्:
सडक दुर्घटनाका चालक भट्टराई सिड्नीमा समातिए