सरोज खनालको हर्कत,बोर्ड भन्छ: नियोजित रुपमै ट्वाईलेटमा फोटो खिचिएको हो

काठमाडौं

अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सौचालयमा बसेर खिचेको फोटो र फेसबुक प्रतिक्रियाले अहिले चर्चा पाएको छ ।चलचित्र बिकास बोर्डले असार २७ गते शुक्रबार राष्ट्रपति भवन सितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा उनले यो फोटो खिचाएका हुन् ।सो कार्यक्रमको बिरोधमा अभिनेत्री करिश्मा मान्धरले फेसबुक स्टाटस लेखिन् । राष्ट्रपति कार्यालयको सौचालयमा तस्बिर खिचेर त्यो तस्बिर सहित सरोज खनालले करिश्माको फेसबुकमा प्रतिक्रिया दिने क्रममा यस्तो लेखेका थिए,‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बसेका थिए । तर, प्रस्तुति दिने ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाँहि टवाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे ।’ अभिनेता खनालले फेसबुकमा अगाडि लेखेका छन्,‘के गरुँ आफ्नै क्षेत्रको दुर्दशा दर्शकलाई देखाएर आफनै बेइज्जत हुन्छ र सेयर गरिन । तर, मनको बह कसैलाई कह भन्छन् त्यसैले आइ सेयर विथ यु ।’

सरोज खनाल जस्तो बरिष्ट कलाकारले किन राष्ट्रपति कार्यालयको सौचालयमा बसेर फोटो सेसन गरेर करिश्माको फेसबुक स्टाटसमा होला त ? यतीबेला यो कुरा धेरैलाई चासोको बिषय बनेको छ । यसबारे सोमबार चलचित्र विकाश बोर्डले प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट समेत पारेका छ ।

कलाकार खनाल आफैंले नियोजित रुपमा टवाईलेटको कम्बोर्टमा बसेर अभिनेत्री छुल्ठिम गुरुङलाई मेरो नयाँ पोजको फोटो खिचिदिनु त भनेर यस्तो स्टाईलको फोटो सेसन गरेर हालेको बोर्डका एक सदस्यले ब्युटी न्युज नेपाललाई बताए ।चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले कार्यक्रममा समस्या परेको भए सरोज खनाल जस्तो बरिष्ट कलाकारले आफुहरुलाई बताउने कुरामा विश्वस्त थिए । तर फेसबुकमा एक्कासी यस्तो प्रकारको तस्बिर खिचाएर शेयर गर्दा उनी पनि छक्क परेका छन् । खनाल जस्ता बरिष्ट कलाकारबाट आफुहरुले यस्तो अपेक्षा नगरेको उनको प्रतिक्रिया छ । सो तस्बिरप्रति धेरैको ध्यान गएका कारण आफुहरुले बिज्ञप्तिमार्फत यो कुरा स्पष्ट पार्नु परेको अध्यक्ष भट्टराईले बताएका छन् ।

चलचित्र विकाश बोर्डले यस्तो विज्ञप्ति जारी गरेको छ

‘चलचित्रविकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रियाबारे चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभाहलमा कार्यक्रम प्रस्तुतगर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटो सेशन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेख्नु भएको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचार बारे बोर्ड निम्न कुरा प्रस्ट पार्दछ ।

१. राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेशन कार्य कुनै असुविधाकाकारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ ।

२. पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नु भन्दा आधा घण्टा अघि तयारीकालागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं । शौचालयमै बस्नु पर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनै पनिकलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभाहलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाईएको र उहाँहरुले पनिहलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ ।

३. कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुतगर्ने सम्पूर्ण कलाकारहरुलाई कुनै असुविधानहोस् भनेर बोर्डकाअधिकृत तहका ४ जना कर्मचारी सहित १० जना कर्मचारी उहाँहरुको सेवामा रहेको र उहाँहरुलाई सोक्रममा खाजासँगै आवश्यकपिउने पानी समेत उपलब्ध गराएको स्पष्ट पार्दछ । सो क्रममाकर्मचारी पनि कलाकारहरुसँगै प्रतीक्षा कक्षमै थिए ।अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनैपनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ ।

४. राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराइएकाले त्यहाँभएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ । तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गर्दछ ।

५. सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी कमजोरी भएको भए बोर्ड क्षमा चाहन्छ । र, आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिस्कृत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछ ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।