सिड्नीमा नेपाली ढाका र गुन्यु चोलीको फेसन शो हुदै

१९ मे एनटिभी,सिड्नी ।
केहि समय अघि सम्म कन्सर्ट लगायतका ईभेन्टहरु बढी मात्रमा आयोजना हुने गरेको अष्ट्रेलियामा अहिले फेसन सम्बन्धी ईभेन्टहरु पनि प्रसस्त हुन थालेका छन् । दिन प्रति दिन युबाहरुको आउने क्रम बढ्दो रहेकाले पनि नेपालमा झै फेसनका ईभेन्टहरु आयोजना हुन लागेका हुन् । यसै क्रममा यहि जुन २ तारीखका दिन सिड्नीमा पहिलो पटक ग्ल्याम् नेपाल ईन्टरनेश्नल हुने भएको छ ।फेसन शोका लागि १० जना पुरुष र २० जना महिला र्याम्पमा उत्रनेछन् । आयोजक डिजिटल जेनेरेशनले शनिबार सिड्नीमा प्रेस भेटघाट कार्यक्रम गरी सोको जानकारी गराएको हो ।

नेपाली पोशाकलाई विश्वबजारसम्म पुर्याउने उदेश्य राखेर नेपाली ढाका टोपी र गुन्यु चोलीको थिममा फेसन शो गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।

नेपाली पोशाक र डिजाइनरहरुले भनेजस्तो बजार पाउन नसकेको सन्दर्भमा ग्लाम नेपालले यस्तो कार्यक्रम गर्न लागेको हो । “नेपाली पोशाक र डिजाइनरहरुले सोचेजस्तो स्थान पाएका छैनन्”- ग्लाम नेपालका संचालक दीपक ज्ञवालीले भने – “हाम्रो पोशाक र मेहनती डिजाइनरले अन्तराष्ट्रिय स्तरको प्लाटफर्म दिन हामीले यो कार्यक्रम गरेका हौ” ।

कार्यक्रममा नेपालका चर्चित मोडलहरु एना शर्मा, सबिता कार्की र निति शाहले नेपाली पोशाकमा क्याटवाक गर्नेछन् । त्यस्तै म्यान हण्ट इन्टरनेश्नल २०१९ का विजेता विवेश श्रेष्ठ पनि र्याम्पमा उत्रने आयोजकले बताएको छ ।

सोफिटेलमा हुने कार्यक्रमको प्रबेश शुल्क एक सय डलर राखिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।