१३ पौष,काठमाण्डौ ।
चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् । प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही नियुक्त भएसँगै सल्लाहकार समितिको आकार बढेको हो ।
अध्यक्षमा नियुक्त भएसँगै केसीले नीर शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।
समितिमा दीपाश्री निरौला, आकाश अधिकारी, रविन्द्र खड्का, शोभित बस्नेत, सुशान्तकुमार श्रेष्ठ र विधान कार्की पनि सदस्य छन् ।पूर्वअध्यक्ष दयाराम दाहालले आवश्यकताअनुसार अध्यक्षले सल्लाहकार नियुक्त गर्न पाउने बताए । ‘सल्लाहकार भनेको कार्यकारी पद होइन, अध्यक्षलाई सुझाव दिने मात्र हो,’ उनले भने, ‘यति नै हुनुपर्छ भन्ने सीमा छैन । जरुरी भए राख्न सकिन्छ भन्ने हो ।’








