गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमबाटै फिर्ता पठायो

२९ मंसिर,काठमाण्डौ ।
पप गायिका आस्था राउतलाई अमेरिका स्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । सांगीतिक कार्यक्रममा लागि उनी ५ दिन अगाडि अमेरिका उडेकी थिइन् । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाएर आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले बताएकी थिइन् ।आस्थाले यसअगाडि पनि सन् २०१७, २०१८ र २०१९ मा भिजिट भिसामै कार्यक्रम गरेकी थिइन् । तर, यो कुरामा पनि अध्यागमनका कर्मचारीले पोजिटिभ जवाफ नदिएपछि उनी विमानस्थलबाटै नेपाल फर्किएकी हुन् ।उनलाई पी-३ भिसामै अमेरिका आउन भनिएको छ । आस्थाले दुतावासमा गएर पुनः पी-३ भिसाको बिषयमा काउन्सिलरसँग कुरा गर्ने बताएकी छिन् ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर पेन्सिलभोनियाको लानकास्टरमा उनी नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा भाग लिन अमेरिका उडेकी थिइन् । उनी पटक-पटक तानिने गायिका हुन् यस अघि उनले काठमाण्डौ स्थित डोमेस्टिक एअरपोर्टमा कर्मचारीहरुलाई थर्काएकी थिईन् सो बिषयमा उनको चौतर्फी आलोचना भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।