१९ मंसिर,काठमाण्डौ ।
फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । अल थुमामा रंगशालामा आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले नकआउट पार गरेको हो ।फ्रान्सको जितमा किलियान एम्बाप्पेको दुई तथा ओलिभर जिरुडले एक गोल गरे ।
पोल्यान्डका लागि पेनाल्टीमार्फत रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।यो सँगै फ्रान्सले लगातार तेस्रो पटक नकआउट चरण पार गरेको छ। यसअघि २०१४ को विश्वकपमा क्वार्टर फाइनलबाट बाहिरिएको फ्रान्सले २०१८ मा दोस्रो पटक विश्वकप उपाधि जितेको थियो ।फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्ने छ।







