दक्षिण कोरिया विश्वकपका लागि छनोट

१९ माघ,काठमाण्डौ ।
दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे।खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा क्वोनले अग्रता दोब्बर बनाएका हुन्।जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ। इरानपछि एसियाबाट विश्वकप छनोट हुने कोरिया दोस्रो टिम बनेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।