बंगलादेशले घोषणा गर्‍यो टी-२० विश्वकप टीम

काठमाडौँ : पछिल्लो समय अन्तरराष्ट्रिय सिरिजमा एकपछि अर्को सनसनीपूर्ण प्रदर्शन गरिरहेको बंगलादेशले आगामी महिना ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने टी-२० विश्वकप क्रिकेटका लागि महमुदूल्लाह रियादको कप्तानीमा १५ सदस्य राष्ट्रिय टीमको घोषणा गरेको छ ।बंगलादेशले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई टीममा समेट्दा सफल ओपनर तमिम इकबाल भने विश्वकप टोलीमा छैनन् । बंगलादेश पहिलो चरणबाटै प्रतिस्पर्धा गर्नुपर्नेछ । उसले समूह बीमा रहेर ओमान, नामीबीया र पपुवा न्यूगिनीसँग पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछ ।
टी-२० विश्वकप १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म चल्नेछ । पहिलो चरणका खेलहरू ओमानमा हुनेछन् । बंगलादेशले पहिलो खेल १७ अक्टोबरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यस्तै १९ अक्टोबरमा ओमान र २१ अक्टोबरमा पीएनजीसँग खेल्ने कार्यक्रम छ । समूहका शीर्ष दुई टीमले शीर्ष १२ मा स्थान बनाएर अघिल्लो चरण खेल्नेछन् ।

घरेलु मैदानमा टी-२० अन्तरराष्ट्रिय सिरिजमा अस्ट्रेलिया र न्यूजील्यान्डलाई पराजित गर्दै सनसनी मच्चाएको बंगलादेश अहिले उच्च लयमा रहेको छ । अस्ट्रेलियाविरुद्धको पाँच टी-२० अन्तरराष्ट्रियमा बंगलादेशले ४-१ को जित निकालेको छ । त्यस्तै न्यूजील्यान्डसँगको पाँच खेलको टी-२० सिरीज पनि बंगलादेशले एक खेल बाँकी हुँदै ३-१ ले जितिसकेको छ । अन्तिम टी-२० खेल शुक्रबार हुँदैछ ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।