२८ असार,काठमाण्डौ ।
नेकपा एमाले भित्रको बिबाद समाधानका लागि बनेको कार्यदलले मध्यरातमा दश बुदे सहमति गरेको छ । ओली र माधव समुहका तर्फबाट कार्यदलमा रहेका सदस्यहरुले पछिल्लो समय दिनहुँ छलफल गर्दे सहमति नहुने फेरी छलफल गर्ने गरेर अन्ततः सहमति जुटाएको हो ।यसले जेठ २ अघिकै पार्टी कमिटि कायम राख्ने तर माओवादी छाडेर एमाले आएका बादल सहितका नेतालाई
दिईएको जिम्मेवारी यथावत राख्ने सहमति पनि कार्यदलले गरेको छ । पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने भन्दै यो सहमति अनुमोदनका लागि अविलम्ब स्थायी समितिको बैठक बोलाउन अध्यक्ष र महासचिवलाई अनुरोध गर्ने पनि सहमतिमा उल्लेख छ । सोमबार स्थायी समितिको बैठक बसेर यो सहमति अनुमोदन गर्ने भनिएको छ । यसैबीच वरिष्ठ नेता माधव कुमार नेपालले भने अदालतलाई प्रभावित पार्ने भाषा र सहमति भने च्यातिने भन्दै असन्तुष्टी जनाएका छन् ।
नेपालले रातारात भएको सहमतिमा शंका उत्पन्न भएको भन्दै यो सहमति कुनै पनि काम कार्बाहीका बारेमा स्पष्ट भएन भन्ने गुनासो गरेको बुझिएको छ । उनले फेसबुक स्ट्याटस लेख्दै असंतुष्टी जनाउदै सर्बोच्चमा रहेका आफ्ना समुहको संसदहरुको हस्ताक्षर कायम रहेको समेत बताएका छन् ।
सूर्य थापाले राति स्टाटस लेख्दै अदालतमा देउवाको पक्षमा बुझाईएको १४६ जना सांसदको हस्ताक्षर अब २३ जना घटेर १२३ मात्र रहेको र त्यसकारण अब अदालतले परमादेश पनि नदिने र संसद पुनस्थापना पनि नहुने जिकिर गरेर स्टाटस लेखेपछि नेता नेपालले नामै किटेर स्टाटस लेखेका छन् ।







