मध्यरातमा एमाले एकताका दश बुदे सहमति, माधव नेपाल असन्तुष्ट,सर्बोच्चमा हस्ताक्षर कायमै

२८ असार,काठमाण्डौ ।
नेकपा एमाले भित्रको बिबाद समाधानका लागि बनेको कार्यदलले मध्यरातमा दश बुदे सहमति गरेको छ । ओली र माधव समुहका तर्फबाट कार्यदलमा रहेका सदस्यहरुले पछिल्लो समय दिनहुँ छलफल गर्दे सहमति नहुने फेरी छलफल गर्ने गरेर अन्ततः सहमति जुटाएको हो ।यसले जेठ २ अघिकै पार्टी कमिटि कायम राख्ने तर माओवादी छाडेर एमाले आएका बादल सहितका नेतालाई दिईएको जिम्मेवारी यथावत राख्ने सहमति पनि कार्यदलले गरेको छ । पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने भन्दै यो सहमति अनुमोदनका लागि अविलम्ब स्थायी समितिको बैठक बोलाउन अध्यक्ष र महासचिवलाई अनुरोध गर्ने पनि सहमतिमा उल्लेख छ । सोमबार स्थायी समितिको बैठक बसेर यो सहमति अनुमोदन गर्ने भनिएको छ । यसैबीच वरिष्ठ नेता माधव कुमार नेपालले भने अदालतलाई प्रभावित पार्ने भाषा र सहमति भने च्यातिने भन्दै असन्तुष्टी जनाएका छन् ।नेपालले रातारात भएको सहमतिमा शंका उत्पन्न भएको भन्दै यो सहमति कुनै पनि काम कार्बाहीका बारेमा स्पष्ट भएन भन्ने गुनासो गरेको बुझिएको छ । उनले फेसबुक स्ट्याटस लेख्दै असंतुष्टी जनाउदै सर्बोच्चमा रहेका आफ्ना समुहको संसदहरुको हस्ताक्षर कायम रहेको समेत बताएका छन् ।सूर्य थापाले राति स्टाटस लेख्दै अदालतमा देउवाको पक्षमा बुझाईएको १४६ जना सांसदको हस्ताक्षर अब २३ जना घटेर १२३ मात्र रहेको र त्यसकारण अब अदालतले परमादेश पनि नदिने र संसद पुनस्थापना पनि नहुने जिकिर गरेर स्टाटस लेखेपछि नेता नेपालले नामै किटेर स्टाटस लेखेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।