राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई कोरोना खोप

३ असार,काठमाण्डौ ।
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले आज खोप लगाएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीसँगै अफिसियलले समेत खोप लगाएको जनाएको छ । ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा खेलाडीले खोप लगाएका हुन् । विश्वकप छनोट खेलेर नेपाली टिम आइतबार राति कुवेतबाट स्वदेश फर्किएका थिए ।छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेका थिए । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो ।यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।नेपाल एसियन कप छनोटको तेस्रो चरणमा पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।