१८ जेठ,काठमाण्डौ ।
नेपालले विश्वकप तथा एशिया कप छनौटको कुवेतमा खेल्ने खेलको स्थान र समय सार्वजनिक भएको छ । ईराकसँग मैत्रीपूर्ण खेलपछि नेपाली टोली २ दिन पहिले नै कुवेत पुगिसकेको छ ।
नेपालले चाईनिज ताईपेईसँग जुन ३ मा कुवेत सिटीमा बेलुकी पौने १० बजेपछि खेल्ने छ । नेपालले पहिलो खेलमा चाईनीज ताईपेईलाई पराजीत गरेको थियो ।
त्यसै गरी जुन ७ मा नेपालले जोर्डनसँग पौने १० बजेनै खेल्ने छ । यस अघि जोर्डनसँग नेपाल पराजीत भएको थियो ।त्यसै गरी अन्तिम खेलमा नेपालले अष्ट्रेलिया बिरुद्ध जुन ११ मा खेल्ने छ । नेपालको सबै खेल जाबेर अल हमाद अन्तराष्ट्रिय रंगशालामा हुने छ । नेपालका नवनियुक्त प्रशिक्षक अब्दुला अल्मुटाइरीलाले नेपाली टोलीलाई कम्तीमा एशिया कप छनौटमा पुर्याउने आफ्नो लक्ष्य भएको बताएका छन् । उनले टोलीलाई आक्रामक रुपमा खेल्न प्रेरित गरीरहेका छन् ।







