२७ चैत्र,काठमाण्डौ ।
माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।प्रधानमन्त्री केपी ओलीले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछिचारै जना मन्त्री बन्ने भएका हुन् । पुनर्नियुक्त मन्त्रीहरुलाई आजै साँझ राष्ट्रपति विद्या भण्डारीले शपथग्रहण गराउने
कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई,प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा नै पुनर्नियुक्ति पाउने भएका हुन्।
माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले चारैजनालाई दलबाट निश्कासनको कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा सार्वजनिक गरेपछि उनीहरुको सांसद पद खारेज भएको थियो।सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।








