फागुण २९ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिरुद्ध लागेको, गुटबन्दी गरेको जस्ता आरोपमा माधव कुमार नेपाल लगायका एक दर्जन बढी नेतालाई अनुशासनको कार्बाहीको तयारी गरेका छन ।
प्रधानमन्त्रीले शुक्रबार नै कार्बाही गर्ने तयारी भए पनि सुवास नेम्वागं लगायतका नेताले तत्कालै कार्बाही गर्न नहुने बताए पछि ओली रोकिएको एक नेताको दाबी छ ।
कार्बाही नगरे पनि माधव नेपाल सहितका आफू बिरुद्ध असहमति राख्ने सबै जसो नेताको जिम्मेवारी प्रधानमन्त्रीले खोसेका थिए ।
जसको बिरोधमा माधव नेपाल समुहले समानान्तर कमिटि निर्माण शुरु गरेको छ ।
ओलीले नेपाल सहितका नेतालाई कार्बाही गरे एमाले भित्रको विवाद थप जटिल मोडमा पुग्ने अनुमान गरिएको छ ।








