ओलीलाई हटाउन बाबुराम भट्टराईको जोड

२७ फाल्गुन,काठमाण्डौ ।
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बसिरहने कुनै तुक नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई नेपाली प्रतिगमनका मुख्य खलनायकको रुपमा चित्रण गरेका छन् ।उनले प्रधानमन्त्री ओलीले उल्टै अरुको शिकारमा विषाक्त घाँस हालिरहेको पनि आरोप लगाएका छन् । उनले ओली हटाएर देश बचाउनुपर्ने पनि धारणा राखेका छन् । उनले लेखेका छन् “अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो। तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको शिकारमा विषाक्त घॉस हाल्दैछन् । किन नबुझेको ? ओलीहटाऊॅदेशबचाऊॅ”

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।