१४ फाल्गुन,काठमाण्डौ ।
कलाकार पल शाह बिरुद्द कुटपिटको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।म्युजिक भिडियोको सुटिङका लागि धरान आएका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको
प्रधानको दाबी छ । कुटपिट अघि दुव्यर्वहार गरेका शाहले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । शाहको निर्देशनमा जोसीले आक्रमण गरे ।’
आफूमाथि आक्रमण भएपछि उजुरी गरेको प्रधानले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्रमण भएपछि उजुरी दिए ।’अनलाईन खबरको सहयोगमा*








