प्रधानमन्त्री कप क्रिकेट सुरु

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा हुन लागेको प्रतियोगिताकाु पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् । दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, प्रदेश–१, गण्डकी प्रदेश, र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, प्रदेश–२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।