चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

जेठ २१ आइतबार | (रासस/सिन्ह्वा)
बेइजिङ, २१ जेठ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउनु हुँदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैघाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

मन्त्री ग्याङले मृतक र घाइतेका आफन्तजनप्रति सहानुभूतिसमेत व्यक्त गर्नु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।