अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि

जेठ ८ आइतबार | रासस÷सिन्ह्वा
अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो ।महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यसअघि, टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको थियो । विमान चालक दुबै जनाको मृत्यु भएको रक्षा मन्त्रालयले साँझ मात्रै पुष्टि गरेको हो ।

“मजार–ए–शरिफ एयरफिल्डबाट सामंगनतर्फ उडेको देशको वायु सेनाको एमडी–५३० हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएको र उक्त दुर्घटनामा दुई चालकको मृत्यु भएको छ ।,” रक्षामन्त्रीले ट्वीटरमा लख्नुभएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।