रङ्गशालाअघि उभिएर धुर्मुसले भने ‘गलत गरेको रहेछु भने मलाई यही मारीदिनुस्’(भिडियो सहित)

८ चैत्र,काठमाण्डौ ।
कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका संचालक सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा मानसिक यातना भोग्नुपरेको बताएका छन् ।धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कट्टेलले यस्तो बताएका हुन् । उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग खेर नगएको बताउदै बिश्वास नलागे आफै गएर हेर्न सुझाएका छन् ।

धुर्मुसले भनेका छन्, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशालामा मारिदिनुस्,खाल्डो खनेर पुरिदिए हुन्छ । तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।
भिडियो हेर्नुहोस्;

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।