फाल्गुण ३० मंगलबार |
मुलुकमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेल आएसँगै राजनीतिक यात्रा बदलिन पुगेको छ । राष्ट्रपतिको चयनसँगै सत्ताको खेल पनि बदलिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राप्रपा र रास्वपाको साथ लिएर पेलेका एमाले अध्यक्ष केपी ओली वर्तमान राजनीतिमा बालुवा पेलेर तेल निकाल्न खोज्दा आफै सत्ताबाट बाहिरिन पुगेका छन् ।
राप्रपाको प्रतिष्ठा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी स्तरमा बनाएदेखि एमालेको दुरी टाढिएको थियो । त्यसैगरि फागुन १ ले झनै उक्सायो ।
उक्त समय मौन बसेका सरकार संचालन कमाण्डर केपी ओलीले फागुन १२ गते मुख खोले, जुन समयमा राष्ट्रपति पदमा विगतको पाँच दलीय गठबन्धनसँग जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसमेत जोडिएका छन् ।
एमाले र राप्रपाले सरकार छाडेका छन् । यसैबिच बनेको सत्ता समिकरणले कांग्रेसमा मन्त्री पदका लागि चर्को लडाई मच्चिएको छ ।
सत्ता गठबन्धनको तयारी गर्दा उपप्रधानमन्त्री सहित सत्तामा जान कांग्रेस भित्र हानथाप भएको हो ।उपसभापति पूर्णबहादुर खड्का बाहेकका धेरै नेता सरकारका लागि लालायित भएर रौसिएर लागि परिरहेका छन् ।
त्यसो त महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा सरकारमा नजाने जनाउ दिएका छन् ।शेखर कोइराला,प्रकाशमान सिंह, बिमलेन्द्र निधि, सशांक कोइराला लगायतका नेताले पार्टीको नेतृत्व लिएर सरकारमा जान चाहेका छन् ।
तर अधिकाशंले अरु जो होउन, डा.प्रकाशशरणलाई मन्त्रीमा पठाउन हुन्न भनेका छन् ।कांग्रेसले आफ्नै कारण गुमेको सत्ता त ल्यायो तर एमालेले लिएका आठ मन्त्रालयमा कांग्रेस, समाजवादी, जसपाभित्र मन्त्री खान खुट्टा उचालेर बस्नेहरुको लर्को लागेको छ ।
त्यसैगरि डा.आरजु राणा, नेता राजन केसी(राजेन्द्र कुमार केसी),डा.प्रकाशशरण महत, रामहरी खतिवडा सहित नेता सिता गुरुङ, एनपी साउद, दिपक खड्का लगायत २० भन्दा बढि नेता मन्त्रीको दौडमा रहेको स्रोतले बतायो ।








