रास्वपामा रविको आलोचना, आत्मालोचना गर्न माग

२३ माघ, काठमाडौं ।
सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले आत्मालोचना गर्न माग गरेका छन् ।रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो । लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिएका थिए ।

उपप्रधान तथा गृहमन्त्री र सांसद गुमेपछि आफू आक्रोशित भएको स्वीकार गरेका उनले ‘मुडमा छु है’ भन्दै सञ्चार माध्यम र विभिन्न व्यक्रिको जीवनमा प्रवेश गर्दै लाञ्छना लगाएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।