रास्वपाका मन्त्रीले बुझाए राजीनामा

२३ माघ,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाउनुभएका हुन् ।रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।