एउटी हिरोइनको स्टाटसले विमानस्थल प्रशासनलाई दिएको धक्का

६ माघ,काठमाण्डौ | पत्रपत्रिका
कमजोर सामग्री प्रयोग गरेर भौतिक पूर्वाधार बनाउने प्रचलन छ भने कतिपय स्थानमा सोर्सफोर्समा गलत इन्जिन्यरिङ पनि हुने गरेको छ ।उषाले भनेकी छन्, ‘यो एकदमै खतरनाक एलिभेटेर हो । यो डिजाइनिङ कसले गरेको हो । झण्डै ज्यान लिन लागेको थियो हाम्रो । झण्डै मेरो बच्चा किचेर मर्न लाग्यो । यो एकदम गलत हो । एकदमै करप्टेड । झण्डै खुट्टा भाँचिएको थियो हाम्रो ।’

प्रसंसकको भिड

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई समर्थन गर्नेहरुको ताँती लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले उषाको भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गम्भीर त्रुटीलाई सच्याउनुपर्ने धारणा राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण होस् भनेकी छन् ।
उषाको उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अन्य यात्रु र सर्वसाधारणले पनि उक्त एलिभेटरका भिडियो सार्वजनिक गरेका छन्, जहाँ कतिपय यात्रु लडेको देख्न सकिन्छ । टाइमलाइनमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।

किन आयो विज्ञप्ती

नेपाल नागरिक उड्ययन प्राधिकरण हत्तपत्त गल्दैन । उषाको जस्तै समस्या भोग्नेहरुले यस अघि पनि गुनासा नगरेका होइनन् । तर, ति मौखिक गुनासाहरुलाई प्राधिकरणका अधिकारीले कहिल्यै गम्भिरता पूवर्क लिएनन् । उषाको भिडियो सार्वजनिक भएपछि भने विज्ञप्ती जारी गर्न वाध्य भए ।

यसको दुईटा कारण छ । पहिलो त उषा अब्बल सेलीब्रेटी हुन् । उनले गरेका जायज कुरामा समर्थन गर्नेहरु धेरै हुन्छन् । दोस्रो कारण हो भर्खरै नयाँ पर्यटनमन्त्री नियुक्त भएका सुदन किराँती, जसले करप्टेड कर्मचारीलाई कार्वाही गर्ने अभिव्यक्ति बारम्बार दिइरहेका छन् । उषाको भिडियो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरणमा ‘करप्टेड’हरुको जमात सक्रिय भएकोमा कुनै शंका छैन । एभिलेटरको इन्जिनियरिङ मात्रै हैन अन्य धेरै विषयमा अनुसन्धान गर्न जरुरी छ ।

यति मन्त्रालयले अध्ययन ग¥यो र भ्रष्टहरु कार्वाहीको दायरामा आयो भने उषाको भिडियोबाट टिकटक प्रयोगकर्ताहरुले पनि थाहा पाउनेछन् । ‘सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै हैन । सुसासन कायम गर्नका लागि पनि गतिलो प्लेटफर्म हुन सक्छ । राजधनीबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।