नाबालिका बलत्कार आरोपी पुर्ण बिक्रम शाहले पाए सफाइ

३ माघ,काठमाण्डौ ।
नाबालिका बलात्कार आरोपी कलाकार पुर्ण बिक्रम (पल) शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन्। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन् । हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।