पल शाह प्रकरणः तनहुँ जिल्ला अदालतको सुनुवाई माघ ३ मा

२८ पौष,काठमाण्डौ ।
नाबागिकमाथि जर्वजस्ती करणी गरेको अभियोगमा कारागार जीवन बिताइरहेका अभिनेता पल शाह बिरुद्धको मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको छ ।यसबीच तनहुँ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइका लागि माघ ३ गते पेशी तोकिएको जनाएको छ । बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् ।

नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी हाल थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।बाल यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा नायक शाहविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्ष कैद सजाय तोकेको थियो ।

माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाए तोक्ने फैसला हुने अनुमान गरिएको छ । नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्रचार भएको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गर्नुभएको तनहुँ जिल्ला अदालतले जनाएको छ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको थियो ।

गत फागुन ११ गते बालिकाका बुवाले छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो ।शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आउनुभएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।