सैनिक कारबाहीमा सात विद्रोही मारिए

२१ पौष,काठमाण्डौ | (रासस-एपी)
काबुल: अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् ।बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ ।अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाका लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए ।

बुधवार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताउनुभएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।