दक्षिणअफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु

११ पौष,काठमाण्डौ | (रासस/सिन्ह्वा)
दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विष्फोट भएको अधिकारीहरूले बताएका छन् ।घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताउनुभएको छ ।

विष्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ । क्षतिको विवरण आगमी साता सार्वजनकि गरिने छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।