१६ वर्षपछि विश्वकपको अन्तिम १६ मा अष्ट्रेलियाको प्रबेश

१५ मंसिर,काठमाण्डौ ।
१६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा अष्ट्रेलियाले प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा रिले म्याग्रेको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १-० ले पराजित हुदै बाहिरिएको थियो । पछि इटलीले नै २००६ को विश्वकप जितेको थियो ।

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो । पहिलो खेलमा फ्रान्ससँग ४-१ ले पारजित भएको अष्ट्रेलियाले त्यसपछिको दुई खेलमा ट्युनिसिया र डेनमार्कलाई पराजित गरेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।